कञ्चनपुर, साउन १९
सहकारी रकम हिनामिना मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ निवासी ४१ वर्षीय सिद्धराज सोती रहेका छन्।
जिल्ला अदालत कञ्चनपुरले २०८२ मंसिर २ गतेको फैसलामार्फत सोतीलाई दुई वर्ष कैद र ८ लाख ८७ हजार २ सय ७८ रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। फैसला पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनकै निवासबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका सोतीलाई अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गर्ने प्रक्रिया अघि बढाइएको छ।











