युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कन्चनपुर / घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरमा सेवाग्राहीले चियापानी नदिंदा काम नहुने र ढिलासुस्ती गरेको बताएका छन् ।
पहुँच, शक्ति, नातागोता, चिनजानका आधारमा सेवाग्राहीसँग व्यवहार हुने गरेको भन्दै चियापानी नदिंदा घण्टौँ लाईन लाग्दा पनि पालो नपाईने दुखेसो सेजाग्राहीहरुको रहेको छ ।

विश्वभर कोरोनाका कहर चलेको छ । यो बेलामा रोजगारी गुमाई स्वदेश आएका अधिकाशं युवाहरु बेरोजगार गरेका छन् भने विदेशमा सिकेको शिपलाई आफ्नो देशको माटोमा उपयोग गर्ने योजना सहित उद्योग दर्ताका लागी उक्त कार्यालयमा पुग्दा सेवाग्राहीहरुले घन्टौ लाईन कुर्नु पर्ने र भनसुन र चियापानीका आधारमा मात्र काम हुने गरेको अरोपसेवाग्राहीले लगाएका हुन् ।

जिल्लाको कृष्णपुर नगरपालिका ३ देखतभूलीका युवा शंकर विष्टले बताए भने ‘विदेशबाट फर्किएलाई सहुलियता व्यवसाय गर्न ऋण दिने योजना अनुरुप स्थानीय सरकारमा व्यवसाय दर्ता गरे ।’ तर उद्योग दर्ता गर्दा आफुले धेरै दुखः पाएको र धेरै दिन लागेको उनले गुनासो गरे ।
यसै विषयमा उक्त कार्यालयका प्रमुख संग बुझ्दा आफुहरुले सेवाग्राहीहरुलाई अनाबश्यक रुपमा दुःख नदिने गरेको बताए ।

उक्त कार्यालयका प्रमुख मोहन जोशी भन्छन् ‘कार्यालय भित्र अनावश्यक सेवाग्राहीलाई दुख दिने कुरै भएन, कसै बिचौलियाले बाहिर मागेको भए हामीलाई थाहा हुँदैन ।’ जोशीले थपे, ‘म आफै सुशासन गर्न चाहन्छु, मेरो कार्यालयको कर्मचारीले त्यस्तो गरेको पाए म कार्वाह ीगर्न तयार छु । ’

केहि दिन यता सेवाग्राहीहरुको चाप बढेको र कोरोनाको कहर चलेका कारण कार्य सम्पादनका क्रममा स्वास्थ्यका मापडण्ड पुरा गर्नु पर्ने भएका कारण केहि समय लाग्ने गरेको भए पनि आफुहरुले त्यस्तो अनैतिक कार्य नगरेको जोशीको दावी छ । उद्योगदर्ताका लागी आबश्यक पर्ने कागजात तथा प्रमाणहरु पुगे आफुहरुले प्रक्रियागत रुपमा सेवा प्रवाह गरि रहेको जोशीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय