
तेजु ओली / पछिल्लो समय डोटीका युवाहरु कृर्षि खेती तर्फ आर्कषीत हुन थालेका छन । पछिल्लो समय कोरोना कहरका कारण बैदेशिक रोजगार गुमाएर घर फर्किएका युवाहरु पनि कृषिक्षेत्रमा क्रियाशिल रहेको देखिन्छ ।
डोटी जिल्लाको आदर्श गाउँपालीका वडा नं. ६ र सायल गाउँपालीका वडा नं. १ मा पर्ने गाउँमा स्थानिय युवाहरुले पछिल्लो समय ब्याबसायीक रुपमा केरा खेतीगर्न लाग्नु पनि त्यसैको एक उदाहरण हो ।
थोरै लगानीमा एक पटक खेती सुरु गरिसकेपछि ६ बर्ष सम्म आम्दानी गर्न सकिने भएपछि आफुहरु यतिखेर अन्य नगदे बाली भन्दा केरा खेती तर्फ आकर्षित भएको कृर्षकहरुले बताए ।
अन्य बालीको तुलनामा खेती गर्न सजिलो तथा मेहनत कम र आम्दानी बढी हुनुका साथै बारी मैं आएर ब्यापारीहरुले खरिद गर्ने भए पछि केराखेतीलाई आफुहरुले व्यवसायीक रुपमा गर्ने योजना सहित अघि बढी रहेको आदर्शका एक कृषकले बताए । व्यापारीहरुले खेतीमा नै आएर केरा किन्ने हुँदा आँफूहरुलाइ निकै सजिलो भएको स्थानीय किसान गोपाल ओलीले बताउन्छन् ।
मेहनत अनुसार घरमै बसेर हजारौ रुपैयाँ कमाउन सकिने भएपछि यहाँका युवाहरु फलफुल तथा तरकारी खेतीप्रति मोह जागेको हो । सायल गाउँपालीका १ का मान बहादुर बोहरा आफुले व्यवसायीक रुपमा केराखेती संगै तरकारी खेती गर्न थालेको डेढ वर्ष भएको बताए ।