
बाजुरा / मदिरा निषेधित क्षेत्र घोषणा गरिएको बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाले गत असार सम्म ७९ जनालाई कार्वाही गरेको छ भने १५ लाख बढीको मदिरा जफत गरेको छ ।
आर्थिक वर्ष ०७५।०७६ को नगरसभाबाट नगरपालिकाले पूर्णरुपमा मदिरा निषेधित क्षेत्र घोषणा गरे संगै निर्णयको उलंघन गरि मदिरा सेवन तथा बेचविखन गर्नेहरुलाई आर्थिक कार्वाही गरेको उक्त नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले मदिरा सेवन गरेको भेटिएमा ५ हजार र बेचविखन गर्नेलाई १५ हजार जरिवाना तोकेको थियो । सोहि निर्णय अनुसार अहिले कार्वाही भई रहेको र कार्वाहिका क्रममा २ लाख ४८ हजार ५ सय राजस्व संकलन भएको नगरपालिकाको स्टोर शाखाका कर्मचारी बसन्त थापाले बताए ।
मदिरा सेवनका कारण समाजमा विभिन्न खाले हिंसाका घटनाहरु, झै–झगडा बढ्ने, अपराधिक क्रियाकलाप बढ्ने गरेको भन्दै उक्त नगरपालिकाले नगरक्षेत्रमा मदिरा निषेधित गरेको थियो । जफल भएका मदिरा प्रक्रिया पुराई नष्ट समेत गरिसकेको उक्त नगरपालिकाले जनाएको छ ।