
निश्चल नरेश बोगटी / डोटीको केआइसिंह गाउँपालिका वडा न ५ र ६ को मध्ये साधसिमाना रहेको लेखनढुङ्गा नामको जंगलमा एक महिलाको शव झुण्डीएको अबस्थामा फेला परेको छ ।
सोहि गाँउपालिका बडा नं. ६ भिताडी स्थायी घर भएकी नरुवा बलायरकी २० बर्षिया छोरी बासु बलायरको शव सल्लाको रुखमा झुण्डीएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
केहि दिन अघिमात्र सोहि गाँउपालिका बडा नं. ५ रानागाँउमा आफ्नो मावाली घर आएकी बासु धान काट्न भनी गत आईतवार आफ्नो घर फर्किएको रानागाँउका स्थानिय रोहित राणाले बताए ।
उनको बावाली घरबाट उनको आफ्नो घर पुग्न पैदल करिब २ घण्टा लाग्ने भए पनि सो दिन उनी घर नपुगेको र मंगलबार उनको शब झुण्डीएको अबस्थामा फेला परेको हो ।
डुपोट्टामा शब झुण्डीएको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल पुगी निज मृतकको शब पोष्टमटमका लागी जिल्ला अस्पलात डोटीमा ल्याएको छ । घटनाको बारेमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।