
कैलाली / दुईओटा मालपोत कार्यालय रहेको कैलाली जिल्लाको टीकापुरमा रहेको मालपोत कार्यालयमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ठोक्कन सिस्टम सुरु गरेको छ ।
स्वास्थ्यमा न्युनतम मापडण्डहरु अपनाई उक्त कार्यालयले सेवा प्रदान गर्दै आएको भएपनि कार्यालयमा सेवाग्राहीहरुको भिड नघटे पछि यस्तो सिस्टम लागु गरेको टिकापुर मालपोतले जनाएको छ । उक्त कार्यालयबाट दैनिक ३० देखी ४० जना सेवाग्राहीहरुले सेवा लिदै आएको र सेवा लिने क्रममा साक्षी प्रमाणका रुपमा अरु मानिसहरु पनि कार्यालयमा आउदा भिड बढेको भन्दै कोरोनाको संक्रमण र जोखिमलाई कम गर्नका लागी उक्त विधि अपनाएको सो कार्यालयले जनाएको छ ।
१३ वटा स्थानीय तह रहेको कैलाली जिल्लाका सातवटा स्थानीय तहले उक्त कार्यालयबाट सेवा लिदै आएका छन् । कुपन विहान १० देखी १२ बजे सम्म मात्र वितरण गरिने र दैनीक ३० देखी ४० ओटा कुपन मात्र वितरण गर्ने योजना रहेको उक्त कार्यालयले बताएको छ ।