
समिक्षा आचार्य, काठमाडौं / मंगलबार बसेका मन्त्रिपरिषद्काको बैठकले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको छ ।
असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने सरकारले निर्णय गरेको कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले बताइन् ।
मंगलबारको बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि देशका विभिन्न १ सय १० स्थानमा स्थापना गरेको निर्वाचन कार्यालयका कर्मचारीको काज फिर्ताको निर्णय पनि गरेको छ भने प्रमुख निर्वाचन अधिकृतलाई पनि फिर्ता बोलाएको छ ।
सोमबार श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले आधिकारिक ट्रेड युनियनको हालको कार्यसमितिको म्याद वैशाख मसान्तसम्म थप गरेको छ । आधिकारिक ट्रेड युनियनको हालको कार्यसमितिको म्याद गत जेठ १९ गते नै सकिएको थियो ।