
बैतडी / बिगत २ वर्षदेखि अभिभावक विहीन भएका बैतडी जिल्ला दशरथचन्द नगरपालिका वडा नम्बर १० का ६ जना दिदीबहिनीको जिम्मा एसओएस बालग्रामले लिएको छ ।
३ बर्ष अघि आमा मीनादेवी लावडल बेपत्त भएको र बुबा राजुराम लावडल विरामी भएका कारण २ बर्ष पहिले मृत्यु भए पछि अविभावक विहीन भएका ४ बर्ष देखी १५ बर्ष उम्मेर समुहका ६ जना दिदिबहिनीहरुको जिम्मा बालग्रामले लिएको दशरथचन्द नगरपालिकाले जनाएको छ ।
बडाको सत्पाली गाँउका स्थायीबासीन्दाका रुपमा रहेका उनीहरुको हेरचाहार उनीहरु कै १५ बर्षिया जेष्ठ दिदिले गर्दै आएको र दुईबर्षको अबधिमा खानेकुराको जोहो स्थानिय तहले मिलाईदिएको भएपनि अध्ययन अध्यापनका लागी समस्या देखिएको र बालबालिकाहरुको बाल अधिकार समेत हहनहुने देखिए पछि बैतडी स्थित हनुमानध्वज गुल्मका गुल्मपति (मेजर) प्रविन थापाको समन्वयमा बालग्रामले जिम्मा लिएको हो ।
बालिकाहरु अविभावक विहिन भएको समाचार संचारमाध्यममा आएसंगै स्थानिय तह, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका साथै सरोकारबालाहरुको ध्यानाकर्षण भएको थियो । बालिकालाई कसरी व्यवस्थीत गर्न सकिन्छ र उनीहरुको भविष्य कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा सरोकारबालाहरु चिन्तीत देखिए संगै ति बालबालिको सम्पुर्ण जिम्मा बालग्रामले लिने गरि जिम्मा दिईएको स्थानिय प्रशासनले जनाएको छ ।
बालिकाहरुको सम्पुर्ण जिम्मा एसओएस बालग्राम काभ्रेले लिने भए संगै सरोकारबालाहरुले कानूनी रुपमा जिम्मा दिने गरि कागजहरु तयार पारी रहेको बुधबार नै बालग्रामका प्रतिनिधिको जिम्मा लगाईने बताईएको छ । यस भन्दा पहिले पनि डोटी जिल्लाका बुबाको मृत्यु र आमा सम्पर्क विहिन भए पछि अविभावक विहिन बनेका तिन बालकहरु कैलालीमा रहेको एक बालगृहले जिम्मा लिएको थियो ।