
चक्र बहादुर मल्ल, डाेटी / जिल्लाको बडीकेदार गाउँपालीकामा पनि १५ सदस्यीय स्थानीय तह कर्मचारी हकहित तदर्थ समिति गठन भएको छ ।
उक्त गाउपालिकामा कार्यरत कर्मचारी विवेक देउवाकाे अध्यक्षतामा १५ सदस्यीय हकहित तदर्थ समिति गठन भएकाे हाे। समितिकाे पदाधिकारीमा उपाध्यक्ष ज्ञानु कुमारी थारु , सचिब चक्र ऐर , सह सचिबमा दिपेन्द्र खडका र कोषाध्यक्ष दिपक बम रहेकाे उक्त गाउपालिकाले जनाएकाे छ ।
त्यस्तै समितिका अन्य सदस्यहरुमा छविराज भट्ट, रोशन रोकाया, दान बहादुर पछेरा, युवराज भट्ट , लक्ष्मण प्रसाद भट्ट , किरण चौधरी लक्ष्मी थारु, चक्र देउवा, मिना जोशी, सुरेश बोहरा रहेको बडीकेदार गाउँपालीकाले जनएको छ ।
केही समय पहिले मात्र डाेटीकाे शिखर नगरपालिका, सायल गाउपालिका, पुर्विचाैकि गाँउपालिका, बाेगटान फुड्सिल गाउपालिका हकहित तदर्थ समिति गठन भएका छन् ।