कैलाली / गएको ६ महिनाको अबधिमा सुुदुरपश्चिमको एकै गाँउपालिकाका ३ कर्मचारीहरुले ३ फरकफरक बलात्कारको मुद्दा खेपेका छन् ।
कैलालीको जोशीपुर गाउँपालिका अन्तरगत कार्यरत ३ कर्मचारीहरुले तिन फरक फरक बलात्कारको मुद्दामा पक्राउ परेका हुन् । गएको बैशाक देखी असोज महिना सम्ममा दुईदुई महिनाको फरकमा उनीहरुले मुद्दा खेपेका छन् । मुद्दा खेप्नेमा खरिदार देखी छैटौ तहको अधिकृत सम्म रहेका छन् ।
असोज ३ गते मात्रै उक्त गाँउपालिकामा कार्यरत महिला कर्मचारी आफुलाई अधिकृत डर धम्की देखाउदै बलात्कार गरेको आरोप सहित मुद्दा दर्ता गएकी थिईन् । आफ्नै सहकर्मिकर्मचारीलाई बलात्कार गरेको आरोप लागेका छैठौ तहका अधिकृत भानुभक्त उपाध्यायलाई प्रहरीले पक्राउ मुद्दा अघाडी बढाएको छ ।
यस्तै, गत असारमा सोही गाउँपालिकामा कार्यरत खरिदार पदमा रमेश जोशी करार कर्मचारीले बलात्कार गरेको भन्दै उनको आफ्नै श्रीमतीले प्रहरीमा जाहेरी दिएकी थिइन् । श्रीमतिले दिएको उजुरीका आधारमा जोशी पक्राउ परेको थिए । अहिले उनी धरौटीमा छुटेको र मुद्दा चलि रहेको अबस्था छ ।
त्यस्तै गएको वैशाख २ गते कैलालीको भजनी की एक महिलले आफुमाथी बलात्कार गरेको भन्दै सोही गाउँपालिका वडा नम्बर ४ का सचिव राजकुमार चौधरी माथीको उजुरी दिएकी थिईन् । भजनीकी ति महिलले दिएको उजुरीको आधारमा चौधरीलाई पक्राउ थियो । अहिले चौधरी माथी जबरजस्ती करणी को अभियोजमा मुद्दा चलि रहेको छ । चौधरी पुपक्र्षेका लागी थुनामा नै रहेको कैलाली प्रहरीले जनाएको छ ।