डोटी / सोमबार पत्रकार नवराज जोशीको संयोजकत्वमा ९ सदस्यीय डोटी जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन भएको हो ।
समितिको सदस्यहरुमा देवकी बोहरा, गणेश मौनी, प्रेम बहादुर भण्डारी, योगोश मल्ल, कर्ण बहादुर चन्द, सुवास नेपाली, सिता बि.क. र गीता नेपाली रहेका अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) का प्रतिनिधि बासुदेव जोशीले बताए ।
त्यस्तै सञ्जाललाई आवश्यक सल्लाह सुझाब दिनका लागि जिल्ला स्तरिय सल्लाहकार समिति समेत गठन भएको ईन्सेक प्रतिनिधि जोशीले बताए । सल्लाहकार समितिमा अधिवक्ता शंकरदीप मडै, पत्रकार झलक पाली र अधिकारकर्मी अधिराज बिसी रहेका छन् ।
जिल्लामा मानव अधिकार हनन तथा उलंघनका घटनाहरु विरुद्ध आवाज उठाउन सञ्जालले सक्रिय भएर काम गर्ने नव गठित सञ्जालका संयोजक जोशीले प्रतिवद्धता जनाएका छन् ।