किरण धामी, डोटी / जिल्लाको बोगटान फुड्सिल गाउँपालिकालाई सिड नेपाल डोटीले सोमबार स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस महामरी नियन्त्रणका लागी केही सहज होस भन्ने उदेश्यले उक्त संस्थाले युएमएन डोटीको आर्थिक सहयोगमा गाउँपालिकालाई विभिन्न स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष शेर वहादुर मल्लले बताए ।
स्वास्थ्य सामाग्री अन्तरगत १४ सेट पिपिई, नौ हजार पिस सर्जिकल मास्क, १० हजार पिस ग्लोवस, पाँच सय पिस केएन ९५ मास्क, १ सय थान (५ सय एमएलका ७० प्रतिशत अल्कोहल युक्त) हेन्स स्यानिटाईजर, २ सय बोटल (१ सय एमएलका ७० प्रतिशत अल्कोहल युक्त) हेन्स स्यानिटाईजर, २ सय पिस प्युस लिक्वुट क्लोरीन संस्थाका परियोजना संयोजक नरेन्द्र रोकायाले गाँउपालिका अध्यक्ष कमल बहादुर गडसिलालाई गाँउपालिकाको कार्यालयमा नै पुगी हस्तान्तरण गरेका हुन् ।
यस्तै गाउँपालिकामा रहेका गरिव परिवारका लागि भन्दै सिड नेपाल डोटीले थप ५ सय एमएल ७५ पिस सेनिटाईजर, २ सय ५० पिस सर्जिकल मास्क १ सय पिस हेन्स वास लिक्वीट समेत हस्तान्तरण गरेको उक्त संस्थाले जनाएको छ ।
स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गर्दा गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेमबहादुर बोगटी, उपाध्यक्ष भगवती बमको उपस्थिति रहेको थियो । विपतको समयमा यति ठुलो परिमाणमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु गाँउपालिकालाई सहयोग गरेकोमा गाँउपालिका अध्यक्ष गडसिलाले सिड नेपाललाई धन्यवाद दिएको स्थानिय कमल बंमले बताए ।