किरण धामी, डोटी / डोटीको पुर्विचौकी गाउँपालिकामा पनि स्थानिय तह कर्मचारी हकहित समिति गठन भएको छ ।
आज सोमबार पुर्विचौकी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर खड्काको अध्यक्षता र गाउँपालिकाकी उपाध्यक्ष निर्मला देवि साउँदको प्रमुख अथित्यतामा सम्पन्न भएको एक भेलाले विनोद भट्टको अध्यक्षतामा ११ सदस्यीय समिती गठन गरेको हो ।
समितिको पदाधिकारीहरुमा उपाध्यक्षमा जिवनराज न्यौपाने र वसन्ति चौधरी, सचिव शम्भु कुमार महतो, कोषाध्यक्ष प्रशुराम रिजाललाई जिम्मा दिईएको छ । त्यस्तै सदस्यमा शंकरराज खनाल, गगन भण्डारी, प्रकाश बोगटी, श्रवण चौधरी, रेखा कापडी, चक्र बहादुर कुञ्जेडा चयन भएको उक्त गाँउपालिकाले जनाएको छ ।
उक्त समितीले कर्मचारीको हकहितमा काम गर्ने अध्यक्ष विनोद भट्टले सुप अनलाईनलाई बताए । यस अघि डोटीको शिखर नगरपालिका, सायल गाँउपालिका र बोगटान फुड्सिल गाउँपालिकामा स्थानिय तह कर्मचारी हकहित समिति गठन भएको थियो ।