बैतडी / भन्सार छली भारतबाट अवैध रुपमा ल्याइएको समान सहित बैतडीमा दुई जना पक्राउ परेका छन् ।
दार्चुलाको लेकम गाउँपालिका –२ गराडीका ४२ वर्षीय हर्क सिंह कार्की र सोही ठाउँका २६ वर्षीय कृपा राम सार्कीलाई नियन्त्रणमा लिइएको बैतडी प्रहरीले जनाएको छ ।
भन्सारछली गरि ल्याईएको अबैध सामान सहति पक्राउ परेका दुवै जनालाई कारवाहीका लागि झुलाघाट भन्सार कार्यालयमा पठाईएको बैतडी प्रहरीले जनाएको छ । उनीहरुको साथ बाट एक लाख भन्दा बढी मुल्यको अबैरुपमा भित्राईएको सामान बरामत भएको हो ।