कञ्चनपुर / सशस्त्र प्रहरी बल कञ्चनपुरले जिल्लाको लालझाडी गाउँपालिका–६ को वन क्षेत्रबाट भन्सार छलेर ल्याईदै गरेको सात लाख बढी बराबरको अवैध सामान बरामद गरेको छ ।
भन्सार छलेर ल्याइएको चार मोटरसाइल सहित भारतबाट ल्याइएको सुर्ति, गुटका, बिडी, चिनी, मटर दाना, कपडा, प्लाष्टिक पाइप, लगायतका ७ लाख ५३ हजार ६ सय ५० बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी बल कञ्चनपुरले जनाएको छ ।
अबैध रुपमा ल्याईएको सामानहरु प्रहरी बलले बरामत गरेको भए पनि सामान तस्करीमा संलग्न व्यक्तिहरु भागेकोले पक्राउ गर्न नसकिएको शसस्त्र प्रहरी बलले जनाएको छ । बरामद गरिएका सबै सामानहरु भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।