
बझाङ / जिल्लाको साइपाल गाउँपालिकाबाट एक जना सुत्केरी र एक जना गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
जिल्लाको साइपाल–४ की १९ वर्षीया सुनिता रोकायालाई सुत्केरी भएको नौ दिनसम्म पनि रक्तस्राव नरोकिएको र सोही ठाउँकी २५ वर्षीया चार महिनाकी गर्भवती लामु तामाङको उच्च रक्तस्राव हुन थालेपछि उनीहरुलाई थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पतालमा राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टरद्धारा उद्धार गरि पठाईएको बझाङ्गका प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले बताए । दुबै महिलाहरुको अहिले सुर्खेत प्रादेशिक अस्पतालमा उपचार भई रहेको बताईएको छ ।