सिलगढी /डोटीमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ। जिल्लाको बडिकेदार गाउँपालिका–२, खरहरस्थित जनजागृति सामुदायिक वनको नवल कुटी खोला किनारमा रहेको रुखको फेदमुनि उक्त बन्दुक फेला परेको हो।
बिहीबार दिउँसो फेला परेको बन्दुक इलाका प्रहरी कार्यालय विपिनगरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बन्दुक बेवारिसे अवस्थामा फेला परेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










