युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मंसिर ८ काठमाडौं
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको डीन कार्यालयले परीक्षा सार्न आनाकानी गरेपछि विद्यार्थीहरूले कार्टुनसहितको निवेदन बुझाएका छन्।
शिक्षक सेवा आयोग र माध्यमिक तह तृतीय श्रेणीको लिखित परीक्षा एकै समयमा पर्न लागेपछि परीक्षा तालिका परिमार्जन गर्न माग गर्दै विद्यार्थीहरूले पटकपटक मौखिक रूपमा आग्रह गर्दै आएका थिए। तर, माग सुनुवाइ नभएपछि उनीहरूले सोमबार सहायक डीन अवतार सुवेदीलाई कार्टुनसहितको निवेदन बुझाएका हुन्।

विद्यार्थीहरूका अनुसार परीक्षा तालिका परिमार्जनका लागि पटकपटक मौखिक रूपमा आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आफूहरू उपेक्षित भएको महसुस गरेका थिए। त्यसपछि डीन कार्यालय पुगेर कार्टुनमार्फत व्यङ्ग्यात्मक विरोध जनाउँदै निवेदन बुझाइएको उनीहरूले बताए।
विद्यार्थीहरूले भने, “पटकपटक मौखिक रूपमा सहायक डीन अवतार सुवेदीलाई परीक्षा सार्न आग्रह गर्दा पनि हाम्रो माग पूरा भएन। आफूहरू उपेक्षित भएको महसुस भएपछि कार्यालयमै पुगेर कार्टुनसहितको निवेदनमार्फत बौद्धिक चड्कन दिएका हौँ।”

उनीहरूले थपे, “डीनले परीक्षा सार्न आनाकानी गरेपछि सोमबार दिउँसो कार्यालय पुगेर कार्टुन प्रस्तुत गर्‍यौँ। सहायक डीन सुवेदीलाई निवेदन र कार्टुन हस्तान्तरण गरियो। सायद उहाँले पहिलोपटक कार्टुनसहितको निवेदन पाउनुभयो होला।”

शिक्षक सेवा आयोगको लिखित परीक्षा मंसिर १९ गते हुँदै छ भने त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको डीन कार्यालयले स्नातकोत्तर तह चौथो सेमेस्टरको परीक्षा मंसिर २१ गतेदेखि सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय