
सुर्खेत / कोरोना भाइरसको संक्रमणबाट एक कैदीबन्दीको बाँकेमा मृत्यु भएको छ ।
सुर्खेतका गुर्भाकोट नगरपालिका–४, सहारे निवासी ५८ बर्षीय पुरुषको भेरि अस्पतालमा आज बिहान ६ः२५ मा मृत्यु भएको भेरि अस्पताल बाँकेले जनाएकाे छ ।
ती पुरुषमा लामो समयदेखि दम र श्वास प्रश्वासको गम्भिर समस्या रहेको बताईएकाे छ । उनलाई प्रदेश अस्पताल सुर्खेतले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो ।
भदौ २१ गते अस्पताल भर्ना भएका उनलाई भदौ २२ गते कोरोना पुष्टि भएको थियो । उनी सुर्खेत कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका थिए ।