युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। शनिबार सम्पन्न तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बनेको हो।

यसअघिका दुई संस्करणमा फाइनलसम्म पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिमले तेस्रो अवसरमा आफ्नो लक्ष्य पूरा गरेको छ। यससँगै एनपीएलका तीनवटै संस्करणको फाइनल खेल्ने एकमात्र टोलीको रूपमा समेत सुदूरपश्चिमले आफ्नो स्थान कायम गरेको छ।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्‍यो। टोलीको जितमा ओपनर जर्ज मुन्से नायक बने। उनले ५४ बलमा अविजित १२५ रनको विस्फोटक पारी खेले। अर्का ओपनर विनोद भण्डारीले २७ बलमा अविजित २४ रन बनाए।

४९ बलमै मुन्सेको शतक, लुम्बिनीका बलरमाथि दबाब

फाइनलमा मुन्सेले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै लुम्बिनीका बलरलाई दबाबमा राखेका थिए। उनले ४९ बलमै अविजित १०० रन पूरा गर्दा सुदूरपश्चिमले १२.२ ओभरमा कुनै विकेट नगुमाई १२७ रन बनाएको थियो।

त्यतिबेला अर्का ओपनर विनोद भण्डारी २५ बलमा २४ रन बनाएर खेलिरहेका थिए। दुवै ओपनरले पहिलो विकेटका लागि अविजित १२७ रनको साझेदारी गरेका थिए।

१२.२ ओभरको खेल सकिँदा सुदूरपश्चिमलाई जितका लागि ४६ बलमा २९ रन मात्रै आवश्यक थियो। मुन्सेको आक्रामक ब्याटिङ र ओपनरबीचको उत्कृष्ट साझेदारीले लुम्बिनीलाई सुरुदेखि नै दबाबमा पारेको थियो।

अन्ततः सुदूरपश्चिमले १३.३ ओभरमै लक्ष्य पूरा गर्दै १० विकेटको शानदार जित निकाल्यो।

लुम्बिनीले बनाएको थियो १५५ रन

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमका ओपनरले उत्कृष्ट साझेदारी गर्दै सहजै पूरा गरेका थिए।

रोचक संयोग के छ भने अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्सलाई नै पराजित गर्दै सुदूरपश्चिमले यसपटक उपाधि जितेको हो। लगातार दुईपटक फाइनलमा पराजित भएको टोलीले यसपटक भने तेस्रो प्रयासमा च्याम्पियन बनेर विगतको निराशा अन्त्य गरेको छ।

बालेनको घोषणा : आठवटै क्लबका लागि आफ्नै रंगशाला

सुदूरपश्चिमको ऐतिहासिक जितपछि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले विजेता टोलीलाई बधाई दिँदै नेपाली क्रिकेटको व्यावसायिक विकासका लागि महत्त्वपूर्ण घोषणा गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत एनपीएलको छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने गरी आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिने बताएका हुन्।

उनका अनुसार रंगशाला निर्माणको जिम्मेवारी नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले लिनेछ। फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी तीन महिनाभित्र अन्य रंगशालाको निर्माण प्रक्रिया पनि अगाडि बढाइने उनले बताएका छन्।

कुन क्लबका लागि कहाँ बन्दैछन् रंगशाला ?

प्रधानमन्त्रीले सार्वजनिक गरेको विवरणअनुसार एनपीएलका आठवटै फ्रेन्चाइज टोलीका लागि छुट्टाछुट्टै क्रिकेट रंगशाला निर्माण गरिनेछन्।

– विराटनगर किंग्स — बैजनाथपुर क्रिकेट रंगशाला
– लुम्बिनी लायन्स — सिद्धार्थ क्रिकेट रंगशाला
– कर्णाली याक्स — सुर्खेत क्रिकेट रंगशाला
– सुदूरपश्चिम रोयल्स — फाप्ला क्रिकेट रंगशाला
– काठमाडौं गुर्खाज — कीर्तिपुर क्रिकेट मैदान
– पोखरा एभेन्जर्स — पोखरा क्रिकेट रंगशाला
– जनकपुर बोल्ट्स — रामजानकी क्रिकेट रंगशाला
– चितवन राइनोज — गौतमबुद्ध क्रिकेट रंगशाला

आठवटै क्लबका आफ्नै रंगशाला निर्माण भएपछि एनपीएललाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ। यसले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउनुका साथै देशका विभिन्न क्षेत्रमा क्रिकेटको पूर्वाधार विकास र विस्तारमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय