डोटी । डोटीमा चोरी मुद्दामा कैद तथा जरिवानाको फैसला सुनाइएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले शिखर नगरपालिका–१ कफललेखी सेरीका ५० वर्षीय बाजी भुललाई गएराति ११ बजेकाे समयमा आफ्नै घरबाट पक्राउ गरेको हाे ।
भुललाई जिल्ला अदालत डोटीले २०७५ मंसिर १३ गते रहजनी चोरी मुद्दामा २ लाख ५३ हजार १८० रुपैयाँ जरिवाना र दुई महिना कैद सजाय सुनाएको थियो। अदालतको फैसला कार्यान्वयन नभई उनी फरार रहँदै आएका थिए।
पक्राउ परेका भुललाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत डोटीमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।










