युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली , तिहार तथा छठ पर्व मनाउन भारतका विभिन्न सहरबाट स्वदेश फर्किने नेपालीको चाप बढेसँगै कैलालीको गौरीफन्टा नाकामा यात्रुले सास्ती खेप्नुपरेको छ। सीमामा पर्याप्त व्यवस्थापन नहुँदा यात्रुहरू घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन्। दुई–तीन दिनको लामो यात्रा गरेर घर फर्किएका नेपालीलाई सीमामा समेत लामो समय प्रतीक्षा गर्नुपर्दा थप थकान र हैरानी हुने गरेको छ। वर्षौँपछि परिवारसँग भेट्ने र चाडपर्व मनाउने उत्साह बोकेर आएका यात्रुहरू सीमा पार गर्नै घण्टौँ कुर्नुपर्ने अवस्थाले निराश बन्ने गरेका छन्।

भारतमा रोजगारी गर्दै आएकी बनबेहडाकी कित्थि आफ्ना बालबालिकासहित घर फर्किएकी छन्। गौरीफन्टा नाकामा भेटिएकी उनले भारततर्फको सीमामा करिब एक घण्टा लाइनमा बसेपछि मात्रै नेपाल प्रवेश गर्न पाएको बताइन्। ‘घर आउन पाउँदा एकदमै खुसी लागेको छ। अब परिवारसँगै बसेर दीपावली मनाउने हो। सबैसँग भेटघाट गर्न पाइन्छ भन्ने खुसी छ,’ उनले भनिन्, ‘लामो यात्रा गरेर थकित अवस्थामा आइयो, सीमामा पनि उत्तिकै समस्या भयो।’ भारतको लुधियानाबाट फर्किएका डोटीको बोगटानका शेरबहादुर बिहान ५ बजे नै गौरीफन्टा पुगेका थिए। तर, लामो समय लाइनमा बस्नुपर्दा बिहान १० बजेसम्म पनि घरतर्फको यात्रा सुरु गर्न नसकेको उनले बताए। ‘हामी बिहान ५ बजे नै पुगेका हौँ। धेरै भीड थियो। लामो समय लाइनमा लागियो। बिहानको १० बजिसक्यो, अझै घर जाने यात्रा सुरु गर्न सकिएको छैन,’ उनले भने, ‘आज घर पुगिन्छ कि पुगिँदैन भन्ने चिन्ता छ। भोलि भाइटीका छ, तर घर कतिबेला पुग्ने भन्ने टुङ्गो छैन।’

दीपावली तथा छठ पर्वका साथै सुदूरपश्चिमका पहाडी जिल्लामा लाग्ने जात्रा र मेलामा सहभागी हुन भारतबाट फर्किने नेपालीको सङ्ख्यासमेत बढेको छ। तर यात्रुको चापअनुसार सीमा क्षेत्रमा व्यवस्थापन हुन नसक्दा आवागमन असहज बनेको यात्रुको गुनासो छ। भारतबाट फर्किएका भीमबहादुर भुलका अनुसार लामो यात्राको थकानसँगै भारी सामान बोकेर घण्टौँ लाइनमा बस्नुपर्दा यात्रुलाई थप समस्या हुने गरेको छ। ‘एकातिर भारी सामान, अर्कोतिर लामो लाइन र घण्टौँको प्रतीक्षा। यात्रामै थाकेर आइन्छ, तर सीमामा पुगेपछि पनि सहज रूपमा छिटो आउन सकिँदैन,’ उनले भने, ‘सबै जना एउटै हुलमा हुँदा लामो समय कुर्नुपर्ने बाध्यता छ।’

यात्रुहरूले ज्येष्ठ नागरिक, बिरामी, महिला तथा बालबालिकाका लागि छुट्टै प्राथमिकता लाइनको व्यवस्था गर्न माग गरेका छन्। विशेषगरी उपचार गराएर फर्किएका बिरामी, शल्यक्रियापछि आराम गर्नुपर्ने व्यक्ति, शारीरिक रूपमा अशक्त तथा काखमा शिशु बोकेका महिलालाई लामो समय लाइनमा उभिन कठिन हुने गरेको छ। सीमामा यात्रुको चापलाई ध्यानमा राखेर प्राथमिकताका आधारमा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिए आवागमन सहज हुने उनीहरूको अपेक्षा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय