धनगढी / पत्रकारमाथि भएका आक्रमणबारे अध्ययन गर्न धनगढी पुगेको नेपाल पत्रकार महासंघको टोलीले सोमबार प्रदेशका मुख्यमन्त्रीसंग भेटवार्ता गर्ने भएको छ ।
धनगढी पुगी आईतबार देखि नै घटना सम्बन्धी अध्ययन थालेको मिसन टोलीले हिजो पत्रकार महासंघ कैलाली शाखामा पत्रकारहरुसँग, दिनेश सञ्चार गृह, मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा मृत्यु भएका रोशन विकका परिवारसँग समेत भेटघाट र छलफल गरेको थियो ।
मिसन टोलीले आज प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत आन्तरिक मामिला तथा कानून मन्त्री, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको महासंघका केन्द्रीय सदस्य विष्टले बताए ।