डाेटी, असाेज २० गते
डोटीको जोरायल गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
डाेटी प्रहरीकाअनुसार घाइते हुनेमा जाेरायल गाउँपालिका १ चपरचानीका ३३ वर्षीय अमर सिजाली मगर, ४६ वर्षीय डम्बर थापा, १८ वर्षीय भरत थापामगर, १८ वर्षीय बिवस थापामगर, ५२ वर्षीय जितबहादुर विक, ३२ वर्षीय रुपलाल विक, ३२ वर्षीया अनिषा विक, ३५ वर्षीय हर्कबहादुर थापामगर, ३ वर्षीया करिश्मा विक रहेका छन् । घाइते सबै चपरचानीका स्थानीय हुन् ।
घाइतेमध्ये ३२ वर्षीया अनिषा विकको अवस्था गम्भीर रहेको छ। अन्य आठ जनाको अवस्था सामान्यदेखि मध्यम रहेको छ। घाइते सबैलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको प्रहरीले जनाएको छ।
आज बुधबार बिहान करिब ८ पैचालिस बजे जोरायल गाउँपालिका–१ गैरा बजारबाट मेलखर्कतर्फ कामदार बोकेर जाँदै गरेको सु.प.प्र. ०१००२ त ४९१० नम्बरको ट्र्याक्टर भीमदत्त राजमार्गबाट करिब १२० मिटर तल खसेर दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २३ वर्षीय प्रकाशबहादुर थापामगरले चलाएको ट्र्याक्टर अनियन्त्रित भएर सडकबाट तल खसेको जानाएकाे छ । दुर्घटनापछि चालक थापा फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।










