डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा सहयोगी नेपाल नाम संस्थाले वडा क्षेत्रका किशोरीहरुलाई समावेश गरि हराउदै गएको हस्तकला अत्तरशिख निर्माण तालिम सम्पन्न भएको छ ।
डोटीको सिलगढीका स्थानियहरुले पुजापाठ विवाह वर्तबन्ध तथा शुभ कार्यहरुमा प्रयोग गर्ने कपास (रुवा) बाट निर्माण हुने विभिन्न कलात्मक फुलहरु निर्माण गर्ने परिपाटी हराउदै गएको हस्ताकलाशिप पुस्तान्तरण नहुदा शिप नै लोभहुने समस्या रहेको भन्दै सहयोगी नेपालले वडा कार्यालयको आर्थिक सहयोगमा उक्त ३ दिने हस्तकला तालिम संचालन गरेको संस्थाका महसचिब कृष्ण प्रसाद श्रेष्ठले बताए ।

असार ३ गते देखी सहयोगी नेपालको तालिम हलमा संचालन भएको उक्त तालिम असार ५ गते सम्पन्न भएको हो । तालिमको समापन शत्र वडा नं. ६ का अध्यक्ष नरेश मलासीको प्रमुख आतिथ्यता र दिपायल सिलगढी नगरपालिकाका उद्योम विकास अधिकृत राज वहादुर खड्काको विशिष्टआतिथ्यतामा सम्पन्न भएको उक्त आयोजक संस्थाले जनाएको छ । त्यस्तै अतिथिहरुमा नगरपालिकाका सुचना अधिकारी डिल वहादुर महरा, अधिकृत विष्णु वहादुर के.शी., वडा सचिब हरिसुन्दर श्रेष्ठ, प्राविधिक सोहिता श्रेष्ठ, जिल्ला समन्वय समितिका पुर्व समन्वय अधिकारी खेमराज गुरुङ्ग, लगायतको संचारकर्मीहरुमो सहभागीता रहेको थियो ।

तालिममा वडा क्षेत्रमा १२ जना किसोरीहरुलाई सहभागी रहेको उक्त अत्तरशिख निर्माण तालिममा सुरेन्द्र वहादुर केशीले प्रशिक्षण दिएको आयोजक संस्थाले जनाएको छ । समापन शत्रमा बोल्दै तालिमका सहभागीहरुले आफुहरुले शिप मात्र नसिकी आफुहरु कसरी व्यवसायीक बन्न सकिनछ भन्ने समेत सिकेकाले आफुहरुले सिकेको सिपलाई व्यवसायीकरण गर्ने बताएका थिए भने गरिखाने बर्गहरुलाई आफुहरुले वडाको तर्फबाट गर्नु पर्ने सम्पुर्ण सहयोग गर्न आफुहरु तयार रहेको वडा अध्यक्ष नरेश मलासीले बताएका थिए । त्यस्तै वडा नं. ६ नगरपालिकाको केन्द्र समेत रहेकाले यस क्षेत्रमा घरेलु उद्योगहरु प्रबद्धन गर्नु पर्ने र त्यसका लागी नगरपालिका परिवार सक्दो सहयोग गर्ने नगरपालिकाका उद्योम विकास अधिकृत राज वहादुर खड्काले बताए ।











