
धनगढी / विगत ६ महिनादेखि बन्द रहेको हवाइ उडान सुदूरपश्चिम प्रदेशबाट पनि आज सोमबार देखि नियमित हुने भएको छ ।
सरकारले आन्तरिक हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै आजदेखि धनगढी–काठमाडौँ–धनगढी उडान सुरु हुन लागेको धनगढी विमानस्थल कार्यालयले जानकारी दिएको छ । सोमबार बुद्ध एयरले उडान भर्ने विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाले बताए ।
आजको पहिलो उडान धनगढीबाट १२ बजेर ५० मिनेटमा काठमाडौँका लागी हुने विमानस्थलले जनाएको छ । कोरोना कहरका भन्दा पहिले धनगढी विमान स्थलबाट नियमित उडान भर्दैआएको श्री एयरलाइन्सले भने केही दिन ढिलो गरी उडान भर्ने छ । त्यस्तै केहि दिन भित्रै सौर्य एयरलाईन्सले पनि धनगढीबाट उडान भर्ने छ ।