
निश्चल बोगटी, डोटी / आफुहरु माथी निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले विभेद गरेको भन्दै स्थानीय कर्मचारी मन्च डोटीले ट्रेड युनियन निर्वाचनका लागी स्थापित जिल्ला निर्वाचान अधिकृतको कार्यालयमा ४ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको छ ।
आधिकारिक ट्रेड युनियन निर्वाचन भई रहेको सन्दर्भमा आफुहरुले पनि मतदानको अधिकार पाउनु पर्ने माग सहित स्थानियतह अन्तरगतका कर्मचारीहरुले जिल्ला निर्बाचन अधिकृत तथा डोटीका सह न्यायधिबक्ता पूर्ण बहादुर केशी लाई ज्ञापन पत्र बुझाएका हुन् ।
स्थानीय कर्मचारी मञ्चले ट्रेड युनियन निर्वाचानमा किताबखानाबाट कर्मचारी संकेत नं. प्राप्तकर्ता सबैले कर्मचारीको मताधिकार हुनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।
ज्ञापन पत्रमा संघ, प्रदेश र स्थानीय तहको कर्मचारीको आधिकारिक ट्रेड युनियनका संरचनामा समतामूलक सहभागीताको हिस्सेदार पहिले नै निर्धारण र सुनिश्चित गर्दै निर्वाचन हुनुपर्ने, गैर सैनिक र गैर सुरक्षात्मक प्रकृति र चरित्रका स्थानीय तहका कर्मचारीहरुलाई असंवैधानिक तवरले स्थानीय सेवा नामकरणलाई सच्याउदै स्थानीय निजामती सेवा हुनुपर्ने ।
तिनै तहका सेवाको गठन, सञ्चालन र सेवा शर्तका बन्ने कानुनमा अविभेद, एकरुपता र समतामूलक व्यवस्थाहरु अबलम्बन गर्नुपर्ने लगायतका माग उल्लेख छ । उक्त मागहरु पूरा नभए कडा रुपमा आन्दोलन गर्ने कर्मचारी मञ्च डोटीका फोकल प्रसन लोगराज जोशीले बताए ।