नारद नेपाली, डोटी / सुदूरपश्चिम प्रदेशमा कुप्रर्थाको रुपमा रहेको छाउपडी प्रर्था अन्त्य गर्नका लागी डोटीको दिपालय सिलगढी नगरपालिकाले कार्यविधि ल्याउने भएको छ ।
आईतवार महिला तथा बालबालिका शाखाले नगरपालिकामा आयोजना गरेको एक कार्यक्रममा कार्यविधिका लागी सुझाब संकलन गरिएको सो शाखाका सानुमाया लिम्वुले बताईन् ।
उक्त नगरपलिकाका नगरप्रमुख मञ्जु मलासीको सभाध्यक्षतामा सम्पन्न भएको सुझाब संकलन कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराई, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि डोटी प्रहरीका प्रबक्ता पत्रकार लगायतले कार्यविधि माथि सुझाब दिएका थिए ।
छाउपडी अन्त्यका विभिन्न समयमा संचालन भएका कार्यक्रमहरुले केहि हद सम्म सहयोग गरेको भएपनि लामो समय देखी जडाेगाडेको छाउपडी प्रर्था अहिले नै हटिनसकेकोले त्यसका अन्त्यका लागी स्थानिय तहले पनि कानून नै निर्माण गरेर कार्यविधिका आधारमा कार्य सम्पादन गर्दै अघि बढ्ने योजना सहित नगरपालिका अग्रसर भई रहेको नगरप्रमुख मलासीले बताएकी छिन् । मलासीले भनीन्, “अब नगरपालिकाले कार्यविधिमा टेकेर मात्र काम गर्छ, कानून विपरित गर्नेलाई कानूनको डायरामा ल्याईन्छ ।”
सम बिकास केन्द्र नेपाल (ईडिसि) र एक्सनएड नेपालको सहकार्यमा डोटी जिल्लामा संचालन भईरहेको छाउपडि प्रर्थाजन्य हानीकारक प्रर्था सम्वन्धी कार्यक्रमको सहकार्य र दिपायल सिलगढी नगरपालिकाको आयोजना उक्त कार्यक्रम सम्पन्न भएको साे नगरपालिकाले जनाएको छ ।