समिक्षा आर्चाय, काठमाण्डौ / मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि यस अघि ७ पुस्तक सूची सार्वजनिक गरेको भए पनि अन्ततः यस वर्षको मदन पुरुस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले पाएको छ ।
गुठीले विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रब्युह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघन्टु, चन्द्रप्रकाश बानियाँको महारानी, ललति विष्टको मोहपथ र शारदा शर्माको यात्रामा लाई सूचिमा राखेको थियो ।
गुठीको आइतबार बसेको बैठकले जगदम्बाश्री पुरस्कार ६ दशक देखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित संगीतकार शान्ति ठटाललाई दिने निर्णय गरेको विज्ञप्ती मार्फत जानकारी दिएको छ ।