डोटी / पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका चार ओटा प्रयोगशालामा भएको परिक्षणमा प्रदेशका नयाँ ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको छ । उक्त प्रयोगशालामा कुल एक सय ३३ जनाको कोरोना परीक्षण भएकोमा १० जनामा संक्रमण पुष्टि कोरोना परिक्षण प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए । डोटीका संक्रमण पुष्टी भएका सबै अछाम जिल्लाका हुन् भने त्यसमा २ महिला र ८ पुरुष रहेका छन् ।
त्यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा भएको परिक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । उक्त प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ८९ को नमुना परिक्षण गरेको अस्पतालका सूचना अधिकारी दिलिप कुुमार श्रेष्ठले बताए । धनगढीमा पुष्टी भएका सबै संक्रमित कैलाली जिल्लाका भएको बताईएको छ ।
त्यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । उक्त अस्पतालमा पछिल्लो २४ घण्टामा १ सय ७७ जनाको नमुना परिक्षण गरेको अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले जानकारी दिए । डडेल्धुरामा कोरोना संक्रमण पुष्टी भएका बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिकाका ८÷८ जना र छबिसथापाभारा गाउँपालिकाका १ जना रहेको अस्पतालले जनाएको छ ।
त्यस्तै पछिल्लो चरणमा कोरोना परिक्षण सुरु गरेको बैतडी जिल्ला अस्पतालमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । उक्त अस्पतालमा कुल ६६ जनाको पिसिआर परिक्षण भएकोमा एक जनामा कोरोना देखिएको उक्त अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बरजंग सिंहले बताए संक्रमित बैतडीको स्थानिय रहेको अस्पतालले जनाएको छ ।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ८ सय नाघेको छ । संक्रमण पुष्टि भएका मध्ये आईतबार सम्म ५ हजार सात सय बढि डिस्चार्ज भई घर फर्किएका छन् ।