सामिक्षा आचार्य, काठमाण्डौ / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालय पेरिसडाडाँमा बसेका सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनका लागी तिन विकल्प दिएका छन् ।
पहिलो : अहिलेका सबै मन्त्रीलाई हटाउने
दोस्रो : सुरुमा मन्त्री भएकाहरुलाई हटाउने
तेस्रो : केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने
प्रधानमन्त्री ओलीले यि तिन विकल्प दिएको भए पनि कुन चाहि विकल्प उयुक्त भन्नेमा भने टुंगो लागी सकेको छैन र को को मन्त्री बन्ने, को को मन्त्री बाट हट्ने भन्ने विषयमा पनि निर्णय भई सकेको छैन ।
प्रधानमन्त्री ओलीले अघि सारेका तिन विकल्पहरु मध्ये पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश नेताले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राखेका छन् । धेरै नयाँ राख्नु पर्ने र राम्रो काम गर्नेलाई निरन्तरता दिनु पर्ने धारण अध्यक्ष प्रचण्डको भएको नेकपा श्रोतले बताएको छ । वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, लगायतका नेताहरुले पनि सबैलाई हटाउनु भन्दा राम्रा काम गरेकालाई निरन्तरता दिनु पर्ने बताएको छ ।
मन्त्रीमण्डल पुनर्गठन हुने पक्कापक्की भए पनि कहिले हुन्छ भन्ने विषयमा सचिवालय बैठक लम्वीएको आधारमा तय हुने नेकपा श्रोतले बताए । दशै भन्दा अघि पनि मन्त्री मण्डल पुनर्गठन हुन सक्ने तर्फ उनले अंगित गरेका छन् ।