समिक्षा आचार्य, काठमाडौं / पछिल्लो २४ घण्टामा मुलुक भरमा १ हजार ३ सय २५ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ ।
मुलुकभरका प्रयोगशालामा ९ हजार ५ सय ८४ नमुना परीक्षण गरिएकोमा उक्त संख्यमा कोरोना संक्रमण पुष्टी भएको हो । यो संगै मुलुकभरमा संक्रमित हुनेको कुल संख्या ६४ हजार १ सय २२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आईतबार सम्म कुल संक्रमितहरु मध्ये ४ सय ११ जनाको मृत्यु भएको छ । त्यस्तै ४६ हजार २ सय ३३ जना संक्रमित डिस्चार्ज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।