युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी / कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा रहेको कैलाली एफएममा कार्यरत २३ वर्षीया पत्रकार निर्मला पहराईकाे हत्या भएकाे भन्दै धनगढीमा प्रदर्शन गरिएकाे छ ।

भाद्र २१ गते देखि सम्पर्क विहिन भएकी पत्रकार पहराईकाे शुक्रबार घोडाघोडी नगरपालिका वडा नम्वर ५ मा रहेको फूलवारी सामुदायिक वनमा झुण्डिएको अवस्थामा शव फेला परेकाे थियाे ।

कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा रहेको कैलाली एफएममा कार्यरत २३ वर्षीया पहराइको हत्या भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयको मूल गेटमा धर्ना दिदै प्रर्दशन गरेका हुन्।

पहराईले आत्महत्या नगरेकाे उनलाई मारेर झुण्डाएकाे परिवार पक्षले बताउदै आएकाे छ । उनकै सहकर्मीले विवाहको प्रलोभनमा पारेर हत्या गरिएको दावी परिवार पक्षले गरेकाे छ ।

पहराइ मृत भेटिएको घटनाको सत्यतथ्य छानविन गरी हत्यामा संलग्न व्यक्तिलाई कारवाहीको माग गर्दै दलित संघ/संगठनहरुले धनगढीमा प्रदर्शन गरेका हुन्।

उनका पूर्व सहकर्मी समेत रहेका पत्रकार ललित जाग्रीलाई साेधपुछका लागि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। मृतक पहराईको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय