
धनगढी / कैलालीकाे एक गाउँपालिकामा आफ्नै मतहत कार्यरत एक महिला कर्मचारीलाई जबरजस्तीकरणी गरेको आरोपमा गाउँपालिकाका एक अधिकृत पक्राउ परेका छन्।
आफ्नै कार्यालयमा कार्यरत २४ बर्षीया महिला कर्मचारीलाई जबरजस्तिकरणी गरेकाे आराेपमा जिल्लाको जोशीपुर गाउँपालिकाका अधिकृत भानुभक्त उपाध्यायलाई प्रहरीले पक्राउ गरेकाे कैलाली प्रहरीले जनाएकाे छ ।
विभिन्न डर धम्की देखाएर आफुमाथि ती अधिकृतले बलात्कार गरेकाे पिडित महिलाले दर्ता गरेकाे जाहेरीमा उल्लेख गरेकि छिन् । पिडित महिलाले दिएकाे किटानी जाहरीका आधारमा आराेपि उपाध्यायलाई पक्राउ गरि अनुसान्धन गरिरहेकाे कैलाली प्रहरीले जनाएकाे छ ।
पछिल्ला ६ महिनाकाे अबधिमा सुदुरपश्चिम प्रदेशमा बलात्कार सम्बन्धिका १ सय ५० भन्दा बढी मुद्दाहरु दर्ता भएका छन् । विभिन्न घटनाहरुमा बालिका, किसाेरीहरु माथि बलात्कार तथा सामुहिक बलात्कार भएकाे भन्ने उजुरी दर्ता भएका छन् ।