
अछाम / बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका अछामका एक युवक पक्राउ परेका छन् ।
दैलेखको आठविषे नगरपालिका–२ सिस्ने घर भएका अरोपी २८ वर्षीय लोकेन्द्र बहादुर शाहीलाई अछाम प्रहरीले शनिबार पक्राउ गरेको हो ।
गत भाद्र ३ गते अछाम जिल्लाको तुर्माखाद गाउँपालिका–३ की १६ वर्षीया बालिकालाई शाहीले बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले बताए । अभियुक्तलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भई रहेको अछाम प्रहरीले जनाएको छ ।