युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

भाद्र १९, डोटी । रसुवामा भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन डोटीको जोरायल गाउँपालिकाले ३३ लाख २८ हजार ६४१ रुपैयाँ उपलब्ध गराउने भएको छ।

गाउँ कार्यपालिकाको बैठककाे निर्णयअनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाका अनुसार विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विभिन्न स्रोतबाट रकम व्यवस्थापन गरिएको हो।

निर्णयअनुसार गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन कोषबाट २ लाख ५५ हजार ५५५ रुपैयाँ दिइनेछ। गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो सेवा–सुविधाबाट १५ दिन बराबरको रकम सहयोग गर्दा २ लाख ७ हजार ९५२ रुपैयाँ संकलन हुनेछ।

त्यस्तै, गाउँपालिकामा कार्यरत अधिकृतस्तरका कर्मचारीबाट सात दिन, सहायकस्तरका कर्मचारीबाट पाँच दिन र श्रेणीविहीन कर्मचारीबाट दुई दिनको तलब बराबरको रकम लिइनेछ। कर्मचारीबाट मात्रै ७ लाख ६० हजार ८४२ रुपैयाँ सहयोग हुने जनाइएको छ।

शिक्षक तथा विद्यालय कर्मचारीबाट पनि बाढीपीडितका लागि रकम उपलब्ध गराइने भएको छ। विभिन्न तह र श्रेणीअनुसार शिक्षक, विद्यालय कर्मचारी, बालविकास सहजकर्ता तथा सहयोगी कर्मचारीको दुईदेखि १० दिनसम्मको तलब बराबरको रकम सहयोग गरिनेछ। यसबाट २१ लाख ४ हजार २९३ रुपैयाँ प्राप्त हुने गाउँपालिकाले जनाएको छ।

विभिन्न शीर्षकबाट जुटाइने रकम जोड्दा कुल ३३ लाख २८ हजार ६४१ रुपैयाँ पुग्ने गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताइन्।
गाउँपालिकाले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि संघीय तथा प्रदेश सरकार र सम्बन्धित निकायले अघि बढाएका प्रयासमा आफ्नो ऐक्यबद्धता रहेको जनाएको छ। विपद् व्यवस्थापनका क्रममा आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि गाउँपालिकाले व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय