युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कञ्चनपुर, असार २९ /कञ्चनपुरका सर्पदंश उपचारका लागि स्वीकृति प्राप्त स्वास्थ्य संस्थाहरूमा आवश्यक जनशक्ति र अत्यावश्यक उपकरणको अभाव हुँदा बिरामीले स्थानीय स्तरमै उपचार सेवा पाउन सकेका छैनन्। परिणामस्वरूप विषालु सर्प तथा अन्य विषालु जीवजन्तुको टोकाइबाट प्रभावित बिरामीलाई अन्य अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको छ।

दोधारा चाँदनी नगरपालिका–६ स्थित दोधारा चाँदनी अस्पतालले तीन वर्षअघि सर्पदंश उपचार सेवा सञ्चालनको अनुमति पाए पनि भेन्टिलेटर र विशेषज्ञ चिकित्सक अभावका कारण प्रभावकारी उपचार दिन नसकेको जनाएको छ। अस्पतालका जनस्वास्थ्य निरीक्षक भीमबहादुर साउदका अनुसार चालु आर्थिक वर्षमा विषालु जीवजन्तुले टोकेका ६५ जना बिरामी अस्पताल पुगेका थिए। उनीहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पठाइएको थियो।

स्थानीय बासिन्दाले उपचारका लागि टाढाको अस्पताल धाउनुपर्ने अवस्थाले जोखिम बढाएको बताएका छन्। दोधाराकी सरस्वती विकले स्थानीय स्तरमै उपचार सुविधा नहुँदा करिब ३५ किलोमिटर टाढा महेन्द्रनगर पुग्नुपर्ने बाध्यता रहेको बताइन्।

यस्तै, बेलौरी नगरपालिकाको श्रीपुर स्वास्थ्य केन्द्रमा पनि आवश्यक उपकरण र चिकित्सक अभावका कारण सर्पदंशको प्रभावकारी उपचार हुन सकेको छैन। स्वास्थ्य केन्द्रका इन्चार्ज गोविन्द विष्टका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा विषालु सर्पले टोकेका तीन जना बिरामी उपचारका लागि पुगेका थिए। उनीहरूलाई प्राथमिक उपचारपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो।

कृष्णपुर नगरपालिका–५ स्थित कृष्णपुर स्वास्थ्य चौकीले भने आगामी साउन महिनादेखि सर्पदंश उपचार सेवा सुरु गर्ने तयारी गरिरहेको जनाएको छ। स्वास्थ्य चौकीका सहसंयोजक दीपक खड्काका अनुसार आवश्यक उपकरण व्यवस्थापनको काम भइरहेको छ।

शुक्लाफाँटा नगरपालिका अन्तर्गत अर्जुनीस्थित सर्पदंश उपचार सेवा केन्द्रमा चालु आर्थिक वर्षमा विषालु सर्पदंशका तीन जना तथा बिच्छीको टोकाइबाट प्रभावित ३२ जनाको उपचार गरिएको छ। केन्द्रका मेडिकल प्राविधिक डम्बर कुँवरका अनुसार अविषालु सर्प र अन्य किराको टोकाइबाट प्रभावित दर्जनौँ बिरामीले पनि सेवा लिएका छन्।

महाकाली प्रादेशिक अस्पतालले पछिल्ला वर्षहरूमा सर्पदंश उपचारलाई प्रभावकारी बनाउँदै आएको छ। अस्पतालका प्रवक्ता डा. अर्जुन भट्टका अनुसार हाल सीमित आइसियु बेड उपलब्ध भए पनि अधिकांश बिरामीलाई सफल उपचार सेवा प्रदान गरिएको छ।
डा. भट्टले सर्पले टोकेपछि झारफुक वा घरेलु उपचारमा समय खर्च नगरी सकेसम्म छिटो स्वास्थ्य संस्थामा पुग्न आग्रह गरेका छन्। उनका अनुसार कोब्रा सर्पले टोकेमा छोटो समयमै र करेत सर्पले टोकेमा केही घण्टापछि लक्षण देखिन सक्ने भएकाले समयमै उपचार सुरु गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ।

महाकाली प्रादेशिक अस्पतालमा चालु आर्थिक वर्षमा सर्पदंशबाट प्रभावित ११७ जनाले उपचार सेवा लिएको तथ्याङ्क रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय