कैलाली, असार १६
कैलालीको गोदावरी नगरपालिकामा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–४ बाँस्कोटामा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा डुबेर ५ वर्षीया शशिका मल्ल केसीको मृत्यु भएको हो।
प्रहरीका अनुसार बाजुराको बुढीगंगा नगरपालिका–७ घर भएकी केसी हाल मामा घरमा बस्दै आएकी थिइन्। मंगलबार दिउँसो खेल्ने क्रममा उनी निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा खसेर डुबेको अवस्थामा मृत फेला परेकी हुन्।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।











