डोटी, असार १४
डोटीको बडीकेदार गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बडीकेदार गाउँपालिका–२ खरर निवासी अन्दाजी ५०/५१ वर्षीय हर्कबहादुर पल्ली मगरको सनिवार साँझ करेन्ट लागेर मृत्यु भएको हो।
प्रहरीका अनुसार डम्बरबहादुर पल्ली मगरको घरमा झ्याल–ढोका बनाउने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए। घटनास्थलमै उनको मृत्यु भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ











