डोटी, असार १४
डोटीको दिपायल सिलगढी नगरपालिकामा आँप टिप्ने क्रममा रुखबाट लडेर एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका–७ पाकरी निवासी ५५ वर्षीय पूर्णबहादुर महरा शुक्रबार साँझ करिब ५ बजे आँप टिप्ने क्रममा रुखबाट लडेर घाइते भएका हुन्।
रूखबाट लडेर उनको दायाँ खुट्टा भाँचिएको प्रहरीले जनाएको छ। घाइते महरालाई राति जिल्ला अस्पताल डोटीमा पुर्याई प्रारम्भिक उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी रिफर गरिएको छ।
प्रहरीका अनुसार घाइतेको अवस्था मध्यम रहेको छ।











