डोटी, असार १३ – डोटीको जोरायल गाउँपालिका–१ गैरास्थित एक होटलमा कञ्चनपुरका एक युवक मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० सुर्खेती टोल निवासी ३५ वर्षीय सरोज थापा र उनका साथीहरू घुम्नका लागि हाइसमा डोटी आएका थिए। उनीहरू शनिबार राति करिब ९:३० बजे जोरायल–१ गैरास्थित रेनुका होटलमा बसेका थिए।
प्रहरीका अनुसार थापा होटलको कोठा नम्बर २०४ मा हाइस चालक भीमदत्त नगरपालिका–१९ गंगालाल चोक निवासी ३९ वर्षीय बसन्तबहादुर सिंहसँगै सुतेका थिए। आज शनिबार बिहान करिब ६:१५ बजे चालक सिंह उठ्दा थापा ओछ्यानमै उत्तानो अवस्थामा मृत फेला परेकाे जनाएको छ ।
थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिपिनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको छ।
मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ ।











