युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी, असार १० — कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा वन अतिक्रमण हटाउने अभियानका क्रममा टेम्पो भिरबाट खसालिएको घटनाको विवाद समाधान भएको छ।

घटनामा पीडित गोदावरी नगरपालिका–४ की धनादेवी धामीलाई वन कर्मचारीहरूले ५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएपछि दुवै पक्षबीच सहमति भएको हो।

क्षतिपूर्ति प्राप्त भएसँगै घटनामा संलग्न रहेको आरोपमा हिरासतमा रहेका सवडिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फूलारा धरौटीमा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई जनही ७ हजार रुपैयाँ धरौटीमा छाडेको जनाएको छ।

धामीले टेम्पोको क्षति तथा अतिक्रमण हटाउने क्रममा भत्काइएको घर निर्माणको माग गर्दै प्रशासनसमक्ष पहल गरिरहेकी थिइन्। इलाका प्रहरी कार्यालय मालाखेतीमा भएको छलफलपछि वन कर्मचारीहरूले क्षतिपूर्ति रकम उपलब्ध गराएसँगै विवाद टुङ्गिएको हो।

वन कर्मचारीहरूले भिरमा खसालेको सुपप्र ०१–००१ ह ३१८० नम्बरको टेम्पो गरिमा विकास बैंकको नाममा दर्ता रहेको खुलेको छ। टेम्पो खरिदका लागि लिइएको ऋण चुक्ता भए पनि नामसारी नभएकाले बैंककै नाम कायम रहेको बताइएको छ।

घटनापछि डिभिजन वन कार्यालय धनगढीको अतिक्रमण हटाउने अभियान विवादमा तानिएको थियो। वन कर्मचारी नै प्रहरी हिरासतमा पुगेपछि अभियानसमेत प्रभावित बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय