डोटी, असार ८
सवारी ज्यान मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई डोटी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिल्ला अदालत डोटीको मिति २०७९ माघ २५ गतेको फैसलाले ५ महिना २९ दिन कैद तथा पीडित राहत कोषमा २०० रुपैयाँ बुझाउनुपर्ने सजाय तोकिएका आदर्श गाउँपालिका–७ दडिमाना निवासी ५६ वर्षीय रणबहादुर बिष्टलाई पक्राउ गरिएको हो।
गोप्य सूचनाका आधारमा प्रहरी वरिष्ठ हवल्दार सुनिल सिंह साउदको कमाण्डमा खटिएको प्रहरी टोलीले आइतबार बिहान १०ः५५ बजे दिपायल सिलगढी नगरपालिका–६ सिलगढीबाट उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका बिष्टलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत डोटीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।











