युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डडेल्धुरा /  ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण डडेल्धुरा  जिल्लामा अमरगढी, उग्रतारा मन्दिर, घटाल, बागबजार तथा आलितालजस्ता महत्वपूर्ण पर्यटकीय गन्तव्य रहे पनि प्रचारप्रसारको अभाव, कमजोर पूर्वाधार र पर्याप्त लगानी नहुँदा पर्यटन क्षेत्रले अपेक्षित गति लिन सकेको छैन।

डडेल्धुराको पहिचान बोकेको अमरगढी किल्ला ऐतिहासिक महत्वको धरोहर भए पनि यसको संरक्षण र व्यवस्थित प्रचारप्रसार हुन सकेको छैन। त्यसैगरी धार्मिक आस्थाको केन्द्र उग्रतारा मन्दिरमा भक्तजनको आगमन हुने गरे पनि त्यसलाई धार्मिक पर्यटनसँग जोडेर दीर्घकालीन पर्यटन विकास गर्न नसकिएको स्थानीयको भनाइ छ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण घटाल र आलिताल क्षेत्र पनि पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना बोकेका छन्। स्थानीय सरोकारवालाहरूका अनुसार डडेल्धुरामा पर्यटक वृद्धि गर्न सर्वप्रथम जिल्लाको एकीकृत पर्यटन गुरुयोजना आवश्यक छ। अमरगढी, उग्रतारा, घटाल, बागबजार र आलिताललाई एउटै पर्यटन सर्किटमा जोडेर प्याकेज कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको सुझाव छ।

त्यसैगरी सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म तथा राष्ट्रिय स्तरका पर्यटन मेलामार्फत डडेल्धुराको प्रचारप्रसारलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ। स्थानीय कला, संस्कृति, खानपान तथा धार्मिक उत्सवलाई पर्यटनसँग जोड्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने विज्ञहरूको भनाइ छ।

पर्यटनकर्मीहरूका अनुसार होमस्टे सञ्चालन, पदमार्ग निर्माण, दृश्यावलोकन टावर, पार्क तथा पर्यटकमैत्री पूर्वाधार विकासमा लगानी बढाउन सके जिल्लाको पर्यटन क्षेत्रले नयाँ गति लिन सक्छ। साथै, डडेल्धुरालाई सुदूरपश्चिम भ्रमण गर्ने पर्यटकको अनिवार्य गन्तव्यका रूपमा ब्रान्डिङ गर्नुपर्ने आवश्यकता समेत देखिएको छ।

पर्याप्त सम्भावना हुँदाहुँदै पनि अपेक्षित पर्यटक आगमन हुन नसकेको डडेल्धुरामा सरकारी निकाय, स्थानीय तह, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट पर्यटन प्रवर्द्धनका ठोस कार्यक्रम सञ्चालन गर्न सके जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय