कञ्चनपुर / चोरी मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय ठहर भई फरार रहेका कञ्चनपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ सालघारी निवासी २० वर्षीय विक्रम कामी रहेका छन्। जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाअनुसार चोरी मुद्दामा दोषी ठहर भएपछि उनी फरार रहेका थिए।
अदालतको २०८१ असोज २ गतेको फैसलाले कामीलाई २ वर्ष ११ महिना ८ दिन कैद सजाय तथा ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो। यस्तै, २०८१ चैत १५ गतेको अर्को फैसलाले सोही मुद्दामा थप २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो।
फरार रहेका कामीलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बिहीबार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका कामीलाई फैसला कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।











