युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

अछाम / सुदुरपश्चिम प्रदेशको पहाडी जिल्लाको रुपमा रहेको अछाम जिल्ला धार्मिक संस्कृति र पर्यटकीय रुपमा एक महत्वको जिल्लाको रुपमा स्थापित रहेको छ ।

राजनैतिक हिसाबले प्रतिनिधिसभा सदस्यका लागि २ निर्वाचान क्षेत्र र प्रदेशसभा सदस्यका लागि ४ क्षेत्र निर्धातित यस जिल्लामा ४ नगरपालिका ६ गाउँपालिका गरि १० स्थानिय तहहरु रहेको छन् ।

अछाम जिल्लामा मंगलसेन नगरपालिका, कमलबजार नगरपालिका, साँफेबगर नगरपालिका र पन्चदेवल विनायक नगरपालिका गरि चार नगरपालिका र चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका, बान्निगढी जयगढ गाउँपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिका गरि ६ वटा गाउँपालिका रहेका छन् ।

नेपालको संविधानले नेपाललाई धर्म निरपेक्ष राज्यको रुपमा परिभाषित गरेको छ । तथापि, सभ्यता र संस्कृतिको विशाल बगैचा नेपाल र नेपालीमा हिन्दू संस्कृति र सभ्यता प्रति ठूलो विश्वास रहेको छ । यसका अलावा अन्य धर्म र संस्कृति प्रति समेत सम्मान र सद्भाव जाहेर गर्दछन् ।

संस्कृति र धर्मका हिसाबले अछाम जिल्ला पनि हिन्दूहरुको वाहुल्यता भएको जिल्ला हो । यस जिल्लामा हिन्दू धर्म संस्कृतिसँग सम्बन्धित गौरवमय गाथा बोकेका महत्वपुर्ण धार्मिक तथा सांस्कृतिक स्थलहरु रहेका छन् ।

बैजनाथ क्षेत्र, वर्दादेवीको बान्निगढी, षोडशादेवी, जाल्पादेवीको त्रिपुरासुन्दरी, ऋषिदह गाविसको नदाई, विल्थम (विन्दवासिनी र गंगायामुना), खप्तड, विनायकको पञ्चदेवल, जनालीवण्डाली, छोटी मालिका, बारलाको भवान्थान आदि यहाँका प्राचीन ऐतिहासिक तथा सांस्कृतिक गौरवमय गाथा वोकेका प्रमूख शक्ति पीठहरु हुन्।

यी धार्मिक स्थलहरुमा जिल्ला भित्र, बाहिर (विशेष गरी कैलाली, डोटी, कञ्चनपुर, दैलेख र सुर्खेत जिल्लाहरु) र भारतबाट समेत हजारौको संख्यामा श्रद्धालु भक्तजनहरुको घुइचो लाग्दछ । यस जिल्लामा मनाइने विभिन्न किसिमका मेलाहरुको सम्बन्ध यहाँको धार्मिक पक्षसँग जोडिएको पाइन्छ । यस जिल्लामा मनाइने प्रमूख मेलाहरुमा शिवरात्री, तीज, कृषाअष्टमी आदि पर्दछन् ।

यस बाहेक गैरीटाँडको मेला, रामारोशनको देउता गाड्ने (धामीझाँक्री काप्ने मेला) कार्तिक शुक्ल पूर्णिमाको दिन हुने वर्दादेवी भगवतीको मेला, कुस्कोटमा चैत्र २० गते हुने मेला (चैतला), मार्कुमा हुने चैत्र अष्टमीमा हुने मेला, विनायकको मष्टामाण्डौं मेला, गाज्रा गाविसको दशैं (डाँठेगडा), तिमिल्सेनको दशै (सैनगडो) आदि हुन् ।

यहाँका प्रमूख चाड पर्वहरुमा दशै तिहार माघेसंग्राँन्ती, फागु पूर्णिमा (होरी), चांड पर्वहरुको अवसरमा पनि विभिन्न किसिमका मेलाहरु मनाईन्छन् । यसका अलावा, अछाम जिल्लामा मनाइने प्रमूख चाडपर्वहरुमा बिसु (नववर्ष), महाशिवरात्री, पोतीसराई, अछामको होरी, दसहरा, साउने संक्रान्ती, जेठासे पूर्णिमा, जनैंपूर्णिमा, पुतला पर्व, चैते दशैं, भदौरे संग्राँन्ती, (भाद्र १ गते), घाँसे संग्राँन्ती (असोज १ गते) बडादशैं, कृष्णाष्टमी, कार्तिक पूर्णिमा, तिहार, पुषे पूर्णिमा (भैले औंसी), मकर संग्राँन्ती,, भुवा औंसी, वसन्त पञ्चमी, आदि रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय