कैलाली । कैलालीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका–६ बागमाराका २५ वर्षीय अर्जुन भुलको करेन्ट लागेर मृत्यु भएको हो। उनी तराइला नदीमा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा विद्युत् प्रवाहमा परेका थिए।
करेन्ट लागेर गम्भीर घाइते भएका भुललाई तत्काल उपचारका लागि लम्कीस्थित भल्का अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











