युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ क्याम्प चेकपोष्ट नजिक दैजी–बेलडाँडी सडकखण्डमा बाघको आक्रमणबाट जोगिन खोज्दा मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनामा एक बालिकासहित चार जना घाइते भएका छन्।

बुधबार राति करिब सवा ८ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र दैजीबाट बेलडाँडीतर्फ जाँदै गरेको सुपप्र ०१–००९ प ७६३० नम्बरको मोटरसाइकलमाथि अचानक बाघ झम्टिएको प्रहरीले जनाएको छ। बाघ देखिएपछि मोटरसाइकल अनियन्त्रित भएर सडकमै पल्टिएको बताइएको छ।

दुर्घटनामा मोटरसाइकल चालक बेलौरी नगरपालिका–९ रतनपुरका बिरेन्द्र ठगुन्ना घाइते भएका छन्। उनको दाहिने खुट्टा, दुवै हात र शरीरका विभिन्न भागमा चोट लागेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार उनकी श्रीमती कल्पना ठगुन्नाको टाउको, अनुहार र दुवै खुट्टामा चोट लागेको छ। यस्तै, दुई वर्षका छोरा रियान्स ठगुन्नाको टाउको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनामा भीमदत्त नगरपालिका–१५ खैरिबस्तीकी १४ वर्षीया आरुसी साहु गम्भीर घाइते भएकी छन्। उनको टाउको, अनुहार र हातमा चोट लागेको तथा उपचारका क्रममा अचेत अवस्थामा रहेको जनाइएको छ।

घाइते चारै जनालाई महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय