कैलाली/ धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित एक डेराबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार साँझ गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले आशबहादुर गुरुङको कोठामा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ६ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट नगद ११ हजार ७८० रुपैयाँ र चार गड्डी तास बरामद गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।











