सिलगढी /जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका केही क्षेत्रमा वर्षा भइरहेको जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। कर्णाली प्रदेशको हिमाली क्षेत्र र मधेश प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।
मौसमविद्हरूले चट्याङ र वर्षाका कारण दैनिक जनजीवन तथा यात्रामा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।











